२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

एआईजी केसीद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक कार्यालय पथलैया बाराको निरीक्षण,

Logo
श्रवण सराफ प्रकाशित शनिबार, भाद्र १४, २०८२

बारा । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन मापदण्ड (Police Baton) २०८२” अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बाराको निरीक्षण तथा अनुगमन भदौ १४ गते सम्पन्न भएको छ ।


“ नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन (Police Baton)” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. सहितको मूल्याङकन टोलीबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बाराको कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ट्राफिक व्यवस्थापन कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको अबलोकन तथा निरीक्षण गर्नुभएको ।

साथै यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राज कुमार सिलवाल ज्यूद्वारा राजमार्ग पथलैयाको मानवश्रोत एवं प्रशासनिक व्यवस्थापन, श्रोत साधन व्यवस्थापन, राजमार्ग पथलैयाबाट भए गरेका रचनात्मक तथा सृजनात्मक कार्य लगायत समग्र विषय वस्तुहरुको प्रस्तुतीकरण गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!