१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

मन्त्री यादव र मेयर सिंहलाई फोनमा ज्यान मार्ने धम्की अपशब्द बोलेको आरोपमा किरण शाह पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र १४, २०८२

पर्सा । बिरगंज सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई मोबाइलमा फोन गर्दै ज्यान मार्ने धम्की दिँदै अपशब्द बोलेको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।

शनिवार बाराको कलैया उपमहानगरपालिका – २६ सिसुवा महेशपुर घर भई हाल वीरगञ्ज महानगरपालिका १३ मुर्ली बस्दै आएकी तुलसी साहकी छोरीकी छोरी किरण साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार मन्त्री यादव र प्रमुख सिंहले युवतीले आफूहरूलाई ज्यान मार्ने धम्की दिएको भन्दै गरेको गुनासोको आधारमा साहलाई नियन्त्रणमा लिइएको हो । उनीसँग अहिले सोधपुछ चलिरहेको उनले जानकारी दिए ।

वीरगञ्जमा फैलिएको हैजा सङ्क्रमणका कारण किरण साहका परिवारका सदस्यहरू अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए । सोही विषयमा असन्तुष्टि व्यक्त गर्ने क्रममा फोन वार्तामा धम्कीजनक अभिव्यक्ति आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यसैबिच, मन्त्री यादवसँग किरण साहबिच भएको अभद्र संवादको अडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा शुक्रवारदेखि भाइरल बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!