२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बिजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा सम्पन्न,

Logo
सागर रोका प्रकाशित शनिबार, भाद्र १४, २०८२

दाङ । बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

साधारणसभामा बोल्दै प्रमुख अतिथि चौधरीले समावेशि र समानुपातिक विकाशमा आफु जहिल्यैपनि सकारात्मक भएको भन्दै जनताको आवस्यकतालाइ मध्यनजर गर्दै विजौरी उद्योग वाणिज्यसंघले उठाएका मागहरुलाइ आफुले सक्दो पहल गरीरहेको र गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सोहि कार्यक्रममा प्रमुख अतिथि चौधरीले विजौरी कुनैवेला मध्य दाङकै व्यापारीक ट्रान्जिट हुने भएकाले पनि यो क्षेत्रको प्रवद्र्धन गर्नु आफ्नो दायित्व भएको बताउनुभयो ।

उहाँले विजौरी बजारको व्यवसायीक सुरक्षा सवैभन्दा पहिले व्यवसायीहरु सचेत हुनपर्ने भन्दै थप सहयोगकालागी आवस्यक हाइम्याक्स लाइट र सिसि क्यामेराको प्रवन्ध गर्ने पनि प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले स्थानिय स्तरमै स्वरोजगार सृजना गर्न सवैले हातेमालो गर्नुपर्ने बताउनु भएको थियोे ।

युवा पलायनलाइ रोक्न उद्योव वाणिज्यसंघहरुको अहम भुमिका हुने भन्दै आवस्यकता अनुसासरको रोजगारी सृजना गर्नु सवै उद्योग वाणिज्यसंघको दायित्व भएको पनि बताउनुभयो ।

कार्यक्रममा सहभागि सवैको यस्तै धारण थियो ।

स्थानिय स्तरमै स्वरोजगार सृजना गर्ने, त्यसकालागी आवस्स्यक पुर्वाधार स्थानिय सरकार, संघिय सरकार र प्रदेश सरकारले सहजीकरण एवं संवोधन गर्नुपर्ने, तथा लाभग्राहिहरु पनि यहि मार्गमा लाग्ने सुझाव सवैले दिएका छन् ।

साधारणसभामा बोल्ने बक्ताहरुले विजौरी बजारलाइ चलायमान गराउन आग्रह गरेका थिए ।

त्यसकालागी आवस्यक व्यवसायीक सुरक्ष,औद्योगिक पुर्वाधार एवं रात्रिकालिन व्यवसाय सन्चालनकालागी पनि पहल गर्न आग्रह गरेका थिए ।

वाणिज्य उपाध्यक्ष डिल्ली वहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नरेश श्रेष्ठ, नारायणपुर उद्योग वाणिज्य संघका अनिल बस्नेत, वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डा प्रदिप गौतम, विजौरी उद्योग वाणिज्य संघका संस्थापक महासचिव मुकेश वली,रेडक्रस सोसायिटि विजौरीका प्रमुख वालकृष्ण रेग्मी, तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ का अध्यक्ष शिवानन्द डांगि, विजौरी उद्योग वाणिज्य संघका संस्थापक उपाध्यक्ष पुष्पा डांगी, एमाले तुलसीपुर वडा नं.१८ का कमानसिहं खड्का, नेपाली कांग्रेस तुलसीपुर वडा नं.१८ का सचिव विदुर गौतम, नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का सभापति पदम वली, तुलसीपुर उपमनपा वडा नं.१९ का लोक वहादुर रोका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सोहि अवसरमा नियमित रुपमा व्यवसायीक दर्ता कर समयमै तिर्ने विजौरी उद्योग वाणिज्य संघका सदस्य सुरज वहादुर वलीलाई सम्मान गरिएको थियोे । त्यस्तै संघले सस्थालाई २५ हजार रुपैया भन्दा माथि गर्ने सहयोग गर्ने दाताहरुलाई आजिबन सदस्ता प्रदान गरेको छ ।

कार्यक्रममा वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा निर्वाचित र विजौरी रेडक्रसमा निर्वाचित सवै पदाधिकारीहरुलाइ पनि सम्मान गरिएको थियो । विजौरी उद्योग वाणिज्यसंघका महासचिव दिपक बस्नेतले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष चित्र खडकाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!