१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

गणेशको मूर्ति विसर्जनका क्रममा विवाद झडपमा दुई पक्षबीच ढुंगामुढा प्रहरीद्वारा अश्रुग्यास प्रहार,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र १५, २०८२

धनुषा । जनकपुरधाम उपमहानगरपालिका २० झन्डाचोकमा शनिबार दिउँसो दुई समुदायबीच झडप भएको छ।

सशस्त्र प्रहरीका अनुसार भदौ १४ गते दिउँसो करिब २ः२० बजे गणेशको मूर्ति विसर्जनका क्रममा भएको विवाद झडपमा परिणत भएको हो । घटनामा दुई पक्षबीच ढुंगामुढा समेत भएको थियो।

झडपका क्रममा एकजना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले केही सेल अश्रुग्यास प्रहार गरेका थिए। हाल घटनास्थलमा थप प्रहरी परिचालन गरिएको र अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!