२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेशनल लाइफ इन्स्योरेन्स कपिलवस्तु चन्द्रौटाको अभिकर्ता तालिम तथा सम्मान सम्पन्न

Logo
बिदुर एमसी प्रकाशित आइतबार, भाद्र १५, २०८२

कपिलवस्तु । देशकै पहिलो तथा नेपाल सरकारकाे राष्ट्रिय वाणिज्य बैंकको लगानी रहेको जीवन बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हो । त्यसै मातहतको कपिलवस्तु जिल्लामा नेशनल लाइफ इन्स्योरेन्स शाखा चन्द्रौटाले शनिबार दिउँसो आफ्नै कार्यालयमा शाखाका अभिकर्ताहरुलाई तालिम दिएको छ ।

मानिसका जीवनमा जीवित हुँदा होस्, वा बिमा गर्ने व्यक्तिको मृत्यु पश्चात बिमा गरिएको रकमबाट परिवारलाई ठूलो राहत हुने हुँदा बिमा हामी सबैका लागि अत्यन्तै आवश्यक रहेको बताइएको छ । तालिममा सहभागीहरुलाई शाखा प्रमुख हरि ज्ञवालीले नेशनल लाइफ बिमा योजना, सीप विकासका विविध विषयहरुमा प्रशिक्षण दिएका थिए ।

झण्डै चार दर्जनकाे संख्यामा उपस्थित अभिकर्ता तालिमपश्चात् शाखा अन्तर्गत उत्कृष्ट कार्य गरेका अभिकर्ताहरुलाई सम्मानपत्र र खादा लगाएर सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!