२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सोमबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, भाद्र १६, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष
आज भावनात्मक संवेदनशीलता बढ्नेछ। व्यापार वा नोकरीमा केही ढिलाइ हुन सक्छ। खर्च बढ्ने योग छ। विदेश वा धार्मिक यात्राको योजना बन्ने सम्भावना छ।
वृष
साझेदारी र मित्रतामा सहयोग पाउने दिन हो। आम्दानी बढ्ने संभावना छ। लगानी गर्दा विवेक अपनाउनुहोस्।
मिथुन
कामकाजमा व्यस्तता बढ्नेछ। जिम्मेवारी थपिन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोस्।
कर्कट
पढाइ-लेखाइ र अध्ययनमा प्रगति हुने समय छ। दाम्पत्य जीवनमा मधुरता बढ्नेछ। सन्तान पक्षबाट सुख मिल्ने संकेत छ।
सिंह
पारिवारिक र घरायसी खर्च बढ्नेछ। रियल स्टेट वा सम्पत्तिसम्बन्धी काममा ध्यान दिनुहोस्। पारिवारिक आत्मियता बढ्नेछ।
कन्या
भाई-बहिनी वा नजिकका साथीबाट सहयोग मिल्नेछ। नयाँ योजना अघि बढाउन सकिनेछ। सञ्चार र यात्रामा व्यस्तता रहनेछ।
तुला
आर्थिक पक्षमा सुधार आउनेछ। खानेकुरा र विलासी वस्तुमा खर्च बढ्न सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ।
वृश्चिक
चन्द्रमा लाभकारी भावमा भएकाले आत्मविश्वास बढ्नेछ। नयाँ कार्य वा योजना सफल हुने सम्भावना छ। तर भावनामा निर्णय नगर्नुहोस्।
धनु
मानसिक तनाव बढ्न सक्छ। पारिवारिक विवाद वा आन्तरिक असमञ्जस आउन सक्छ। धैर्यपूर्वक अघि बढ्नुहोस्।
मकर
मित्रता र नेटवर्किङ बढ्नेछ। सामाजिक कार्यमा सहभागी भइ प्रतिष्ठा बढाउने अवसर मिल्नेछ। नयाँ अवसर पाउने सम्भावना छ।
कुम्भ
पेशागत जीवनमा प्रगति हुनेछ। मान-सम्मान प्राप्त हुन सक्छ। तर हतारमा ठूलो निर्णय नगर्नुहोस्।
मीन
धार्मिक वा आध्यात्मिक भाव बढ्नेछ। भाग्यले साथ दिनेछ। अध्ययन वा विदेश यात्राको अवसर मिल्ने सम्भावना छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!