२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

प्रेस लेखिएका सवारी साधन अबदेखि लेख्न नपाईने नेपाल पत्रकार महासंघ रौतहटको निर्णय,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, भाद्र १६, २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघ रौतहट शाखाले सोमबार बसेको शाखा समितिको बैठकले सवारी साधनमा ‘प्रेस’ लेख्न नपाइने र सम्बन्धित मिडिया हाउसको नाममा खरिद भएका सवारी साधनमा मात्र सो मिडियाको नाम उल्लेख गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको हो ।

महासंघले आपतकालीन अवस्था, कर्‍फ्यू वा सवारी आवागमनमा प्रतिबन्ध भएको विशेष अवस्थामा मात्र पत्रकार तथा संचारकर्मीले ‘प्रेस’ लेखिएको सवारी प्रयोग गर्न सकिने जनाएको छ । अन्य सामान्य अवस्थामा भने यस्तो प्रयोग नगर्न सबै संचारकर्मीलाई आग्रह गरिएको छ ।

‘प्रेस’ लेखिएका सवारी साधनको नाममा व्यापक दुरुपयोग भएको गुनासो बढिरहेका कारण यसबारे गम्भीर निर्णय लिनुपरेको महासंघका सचिब गौतम श्रेष्ठले बताएका छन् ।

यसका लागि जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी तत्काल छानबिन तथा चेकजाँच कडाइ गर्ने कार्य अघि बढाइने निर्णय समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!