२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

नजिकिदै गरेको दशैमा नारायणगढ-बुटवल यात्रा विशेष दाउने बाटो सहज होला नागरिकले सास्ती खेप्नुपर्ने हो कि ?

Logo
ABC (भन्डाफोर) प्रकाशित सोमबार, भाद्र १६, २०८२

चितवन । दसैं आउन अब धेरै दिन बाँकी छैन । तर, ७ वर्षअघि विस्तार थालिएको नारायणगढ–बुटवल सडकको काम भने अझै सकिएको छैन । यसको विस्तार थालेयता ६ वटा दसैं–तिहार सकिए, काम भने अझै सकिएन । अघिपछि भन्दा चाडबाडका बेला यस सडक खण्ड भएर गुड्ने सवारी चाप बढी हुन्छ । जसले गर्दा यात्रुले चाडबाडका बेला घर जान सास्ती खेप्नुको विकल्प छैन ।


त्यसो भए आउँदै गरेको चाडबाडमा घर जाने यात्रुले यो पटकचाहिँ सास्ती खेप्नु पर्छ कि पर्दैन ? भन्ने प्रश्नमा आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकाल भन्छन्, ‘विगतमा जस्तो सास्ती हुने छैन, दाउन्नेबाहेक अन्य खण्डमा समस्या छैन,त्यहाँ पनि समस्या नहुनेगरी काम भइरहेको छ ।’

२०७५ चैतमा ठेक्का सम्झौता भएअनुसार यसको काम २०७९ साउनभित्र सकिसक्नुपर्ने थियो । तर, कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक २०८० साउन ११ सम्मका लागि म्याद थप त भयो, तर उक्त समयभित्र पनि काम सकिएन । दोस्रो पटक २०८१ साउन ८ सम्म म्याद थप गरियो, काम सकिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!