१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

नजिकिदै गरेको दशैमा नारायणगढ-बुटवल यात्रा विशेष दाउने बाटो सहज होला नागरिकले सास्ती खेप्नुपर्ने हो कि ?

Logo
ABC (भन्डाफोर) प्रकाशित सोमबार, भाद्र १६, २०८२

चितवन । दसैं आउन अब धेरै दिन बाँकी छैन । तर, ७ वर्षअघि विस्तार थालिएको नारायणगढ–बुटवल सडकको काम भने अझै सकिएको छैन । यसको विस्तार थालेयता ६ वटा दसैं–तिहार सकिए, काम भने अझै सकिएन । अघिपछि भन्दा चाडबाडका बेला यस सडक खण्ड भएर गुड्ने सवारी चाप बढी हुन्छ । जसले गर्दा यात्रुले चाडबाडका बेला घर जान सास्ती खेप्नुको विकल्प छैन ।


त्यसो भए आउँदै गरेको चाडबाडमा घर जाने यात्रुले यो पटकचाहिँ सास्ती खेप्नु पर्छ कि पर्दैन ? भन्ने प्रश्नमा आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकाल भन्छन्, ‘विगतमा जस्तो सास्ती हुने छैन, दाउन्नेबाहेक अन्य खण्डमा समस्या छैन,त्यहाँ पनि समस्या नहुनेगरी काम भइरहेको छ ।’

२०७५ चैतमा ठेक्का सम्झौता भएअनुसार यसको काम २०७९ साउनभित्र सकिसक्नुपर्ने थियो । तर, कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक २०८० साउन ११ सम्मका लागि म्याद थप त भयो, तर उक्त समयभित्र पनि काम सकिएन । दोस्रो पटक २०८१ साउन ८ सम्म म्याद थप गरियो, काम सकिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!