१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

मंगलबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, भाद्र १७, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष : दिन धेरै राम्रो छ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ । लगानीबाट नाफा हुने योग छ । दाजुभाइसँग सहकार्य गरेर काम गर्नुपर्ने देखिन्छ । राजनीतिक क्षेत्रमा भने घेराबन्दीमा पर्ने जोखिम छ।

वृष : दिन सामान्य छ । लगानी डुब्ने जोखिम छ। तपाईंको बोलीले व्यवहारमा समस्या हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । व्यापारमा घाटा हुनेछ ।

मिथुन : दिन राम्रो छ । डुब्न लागेको धनप्राप्त हुनेछ । राजनीतिमा विपक्षीको साथ मिल्नेछ । नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिने छ । स्वास्थमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । विदेशको रमझमले मन आकर्षित हुनेछ । लगानीबाट नाफा आर्जनको समय छ ।

सिंह : दिन राम्रो छ । तपाईंका काम सफल बन्नेछ । व्यापारमा फाइदा हुनेछ । शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने छ । परिवारलाई विश्वास गर्दा धोका हुनेछ ।

कन्या : दिन सामान्य छ । बोल्दा तीन पटक सोच्नुपर्ने समय छ। विश्वास गरेका पात्रबाट असहयोग हुनेछ । परिवार भित्रबाट भने सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ ।

तुला : दिन राम्रो छ । दाजुभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा विपक्षीको साथ मिल्नेछ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ ।

वृश्चिक : दिन राम्रो छ । आम्दानी बढ्नेछ । ठुला व्यक्तिसँगको छलफलले मन प्रशन्न हुनेछ । राज्यको माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ ।

धनु : दिन राम्रो छ । मन प्रशन्न रहने छ । विदेश यात्राको बाटो खुल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रामा समय जानेछ । रोगबाट मुक्त हुने योग छ । राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्ने देखिन्छ ।

कुम्भ : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ। धार्मिक कार्यमा सहभागी हुन मन शान्त बन्नेछ । गुरुसँगको भेटले नयाँ योजना तर्जुमा हुनेछन् । यात्रामा कष्ट हुने भएकाले लामो दूरीको यात्रा नगर्नु उचित हुन्छ ।

मीन : दिन सामान्य छ । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ । गुरुबाट असहयोग हुनेछ । मिहिनेतको फल प्राप्त भए पनि राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुन्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!