२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

राति १२ बजेपछी थाहा हुन्छ फेसबुक चल्ला कि बन्द हुन्छ भन्ने बहस फेसबुक प्रयोगकर्ताको चासो,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, भाद्र १८, २०८२

काठमाडौं । फेसबुकमै स्टाटस लेखेका छन्, ‘तपाईंको फेसबुक बन्द भयो कि ? मेरो त खुल्लै छ । त्यही भएर यत्ति लेखेँ ।’

हुन पनि सरकारले सूचीकृत हुन दिएको समयसीमाको आज अन्तिम दिन हो । सरकारले भदौ १२ गते सार्वजनिक सूचना निकालेर अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य सूचीकरणका लागि भन्दै सात दिने सूचना निकालेको थियो ।

सूचना अनुसार आज राति १२ बजेअघि सूचीकरण गर्न सम्पर्कमा आइसक्नुपर्छ । तर आज पाँच बजेसम्म कुनै पनि सामाजिक सञ्जाल सम्पर्कमा नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले निर्णय गरेर सामाजिक सञ्जाल सूचीकृत नभएमा बन्द गरिदिने चेतावनी दिएको थियो । सामाजिक सञ्जालले आज राति १२ बजेसम्म एउटा मेल मात्रै गरेमा पनि कारबाही प्रक्रिया अघि नबढाउने तर कुनै सम्पर्क नगरेमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा जाने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।

यता फेसबुकले भने नेपालबाट पनि मनिटाइजेसनको प्रक्रिया अघि बढाएपछि प्रयोगकर्ता खुसी भएका छन् ।

सरकारले यसअघि टिकटकमाथि प्रतिबन्ध लगाएकोमा नेपालमा सूचीकृत हुन आएसँगै पुनः सञ्चालनमा आएको छ । केही समयअघि सरकारले टेलिग्रामलाई नेपालमा निष्क्रिय गरेको छ । अहिले विशेषगरी मेटा कम्पनीका फेसबुकलगायतका सञ्जाल र ट्विटर भनिने ‘एक्स’ लाई लिएर धेरैले चासो राखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

error: Content is protected !!