२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बदन भण्डारीमाथि काठमाडौं कपनमा आक्रमण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र १९, २०८२

काठमाडौं । कपनस्थित कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ जाँदै गर्दा भण्डारीमाथि करिब ८ बजे आक्रमण भएको रास्वपाका सचिवालय सदस्य दीपक बोहराले जानकारी दिएका छन्।भण्डारीको टाउको र खुट्टामा रड प्रहार भएको छ । रड प्रहारबाट घाइते भएको भण्डारीको चुच्चे पाटीमा रहेको स्तुपा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

भण्डारी रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

error: Content is protected !!