२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

५ वर्षमा एक हजारभन्दा बढी मानव बेचबिखनका घटनाहरु सार्वजनिक,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २०, २०८२

काठमाडौं । दिनभर सडक र पुल निर्माणमा पसिना बगाउने सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेल अहिले लौरोको सहाराबिना हिँड्न सक्दैनन् । ढुंगा, गिटी, बालुवा बोकेर जीवन निर्वाह गर्दै आएका भुजेललाई प्रलोभनमा पारी मिर्गौला निकालिएको छ ।

‘होटलमा सजिलो काम पाइने भन्दै भारत पुर्‍याएका मान्छेले नै मेरो मिर्गौला झिक्दिए,’ भुजेलले भने, ‘६ लाख दिन्छु भन्नेका थिए । हालसम्म लागेको सम्पूर्ण खर्च बेहोर्नुपर्ने भनी डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा मसहित ५ जनाको मिर्गौला झिकियो । मिर्गौला निकालिसकेपछि नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाए पनि मलाई पैसा दिएनन् ।’

उनका अनुसार साउन ९ गते मिर्गौला झिकिएको थियो । भुजेलले भारतको होटलमा काम गर्दा मासिक भारु १० देखि २० हजारसम्म कमाइ हुन्छ भन्ने प्रलोभन देखाई कोटेश्वरबाट कलंकी हुँदै सुनौली सीमा पार गराई भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पुर्‍याएको
प्रहरीलाई बताएका छन् ।

तर यो व्यक्तिगत घटना मात्र होइन । मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले भुजेलजस्तै नेपालका धेरै नागरिक यस्तै प्रलोभनमा परेका छन् । साउन महिनामा अवैध अंग प्रत्यारोपन मुद्दामा ब्युरोमा ४ जनाको मुद्दा दर्ता भएको थियो । साउन २२ र २३ मा एकएक र २७ गते दुईवटा मुद्दा दर्ता भएको ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुवरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

error: Content is protected !!