१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

सोमबार भ्रष्टाचार विरुद्ध काठमाडौं माइतीघरमा हुने प्रदर्शनको सुरक्षा ब्यबस्था कडा

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र २२, २०८२

काठमाडौं । आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण गरेको हो । बैठकले प्रदर्शनमा अपनाइने सुरक्षा रणनीति तय गरेको सुरक्षा समितिका एक सदस्यले बताए ।

सबल गौतम र पुरुषोत्तम यादवको संयोजकत्वमा हुन लागेको प्रदर्शनमा युवाहरूको स्वतन्त्र सहभागिता हुने बताइएको छ । स्थानीय प्रशासनले पनि उनीहरूलाई प्रदर्शन गर्न अनुमति दिइसकेको छ ।

प्रशासनले सो प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने सुरक्षा विश्लेषण गरेको छ । २८ वर्षभन्दा मुनिको उमेर समूहका युवा पुस्ताले गर्ने प्रदर्शनमा घुसपैठ हुनसक्ने आकलन गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम रानाले बताए । उनले भने, ‘हामीले त्यहीअनुसार सुरक्षा रणनीति तयार गरेका छौं ।’

प्रदर्शन आयोजकहरूले शान्तिपूर्ण भने पनि घुसपैठको आकलन गरेर जिल्ला सुरक्षा समितिले ‘एकीकृत सुरक्षा योजना’ लागु गरेको छ । प्रदर्शनमा चैत १५ मा हिंसात्मक प्रदर्शन गरेर भर्खरै थुनामुक्त भएका दुर्गा प्रसाईंले पनि ऐक्यबद्धता जनाएका छन् । प्रसाईंले सामाजिक सञ्जालमा ‘जेनजेडसँगै दुर्गा प्रसाईं’ भनेर स्ट्याटस लेखेका छन् ।

विभिन्न व्यक्ति र समूहले प्रदर्शनमा ऐक्यबद्धता जनाइरहेका छन् । घुसपैठ हुनसक्ने आकलन गर्दै डीआईजी ओम रानाले भने, ‘त्यसबारे आयोजकहरू पनि सजग हुनुहुन्छ होला ।’

प्रदर्शनको नाममा महत्त्वपूर्ण संस्थाहरूमा तोडफोड र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास भए कारबाही गर्ने प्रहरीको तयारी छ । डीआईजी राना भन्छन्, ‘कानुनविपरीत क्रियाकलाप हुन दिँदैनौँ, हामीले त्यहीअनुसार जनशक्ति परिचालन गरेका छौँ ।’

उच्छृङ्खल क्रियाकलाप गर्नेहरूबारे सूचना संकलन गर्न सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले तयार गरेको एकीकृत सुरक्षा योजनाअनुसार माइतीघरमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचाल गरिने छ ।

‘नेपो बेवी’ ट्रेन्डले आशंका

युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठुलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गर्ने भएका हुन् ।

नेपो बेवी ट्रेन्डका कारण भीआईपीका छोराछोरीमाथि आक्रमण वा घरमा तोडफोड गर्नसक्ने आकलन गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘प्रदर्शनमा नेतृत्व नभएकाले भिड अराजक भएर अवाञ्छित क्रियाकलाप हुन सक्ने हाम्रो आकलन छ ।’

र यसलाई रोक्न माइतीघरबाहेक अन्य चुनौतीपूर्ण ठाउँमा पनि सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । प्रदर्शन आयोजकहरूले ‘हामी कानुन बुझ्छौँ त्यसको पालना गर्छौँ’ भनेका छन् ।

निषेधित क्षेत्रमा प्रवेश नगर्नेगरी उक्त प्रदर्शन आयोजना गर्न अनुमति दिइएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!