१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

काठमाडौंमा प्रदर्शन गर्दै जेनजि पुस्ता घुसपैठ हुनसक्ने आशंका,सुरक्षा व्यवस्थामा कडाई

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र २३, २०८२

काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध ‘जेनजि’ (सन् १९९७–२०१२ बीच जन्मिएका युवापुस्ता) ले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछन् । बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गर्ने तयारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको छ । सम्भावित ‘घुसपैठ’को आशंका देखाउँदै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

माइतीघर र नयाँ बानेश्वरस्थित संसद् भवन वरपर बिहानैदेखि बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।गत चैत १५ मा हिंसात्मक आन्दोलनमा संलग्न भई केही दिनअघि थुनामुक्त भएका व्यवसायी दुर्गा प्रसाईंले पनि प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्। त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खुलेर समर्थन जनाएका छन् ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्ने तर उच्च स्तरको सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको बताइएको छ ।सरकारले केही दिनअघि मात्र सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी गर्दै सूचीकरण नभएका फेसबुक, इन्स्टाग्राम, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने निर्णय गरेको थियो।सो निर्णयपछि युवापुस्तामा तीव्र असन्तोष चुलिएको छ। जेनजि पुस्ताले सामाजिक सञ्जाल बन्दविरुद्ध मात्र होइन, व्यापक भ्रष्टाचार अन्त्यलाई समेत आफ्नो आन्दोलनको मुख्य नारा बनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!