काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा सरकारले व्यापक दमन गरेको छ। प्रहरीको गोली लागेर हालसम्म १३ जनाले ज्यान गुमाइसकेका छन्।
प्रहरीको गोली लागेर घाइते भएका ७ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ। यस्तै, दुई जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ भने एक जनाले घटनास्थलमै ज्यान गुमाएका छन्।
प्रदर्शन चर्किँदै गएपछि सरकारले नयाँ बानेश्वरसहित माइतीघर, शितल निवास, बालुवाटारलगायतका क्षेत्रमा कर्फ्यु लगाएको छ।
सरकारले कर्फ्यु लगाएर नयाँ बानेश्वरमा सेना परिचालन गरे पनि आन्दोलनकारीहरू पछि हटेका छैनन्।