१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपीशर्मा ओलीको राजीनामा माग,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र २३, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। यस्तै सरकारले नरस‌ंहार गरेको दाबी गरेको छ।

‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो।

जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको माओवादीको भनाइ छ । परिस्थिति सम्हाल्न पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगिएको नेताहरूले बताएका छन् ।

जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । यो घटनापछि माओवादी नेताहरू अभियान स्थगित गरेर काठमाडौं फर्किँदैछन् ।

अभियान टोलीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्षहरू र महासचिव स्वयं सहभागी थिए । सबै नेतारू अभियान स्थगित गरेर काठमाडौं फर्किँदै गरेको माओवादी नेता माधव सापकोटाले जानकारी दिए ।

‘सरकारले ताकी ताकी गोली हानेको छ । यो हत्या नभएर नरंसहार नै गरेको देखियो । सुरुमा हेलचेक्याइ गर्‍यो र पछि गोली नै चलायो’ शीर्ष नेताहरूको निष्कर्ष सुनाउँदै सांसद सापकोटाले भने ।

उनका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएर वातावरण सहज बनाउन सहयोग गर्नुपर्ने बुझाइमा नेताहरू छन् ।

आन्दोलनकारीको प्रतिनिधित्वसहित संयुक्त राजनीतिक संयन्त्र निर्माण गरौँ : शर्मा

यसैबीच नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले आन्दोलनकारीको माग पूरा गर्न सरकारले राजीनामा दिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले आन्दोलनकारीको प्रतिनिधित्वसहित संयुक्त राजनीतिक संयन्त्र निर्माण गर्नुपर्ने पनि बताएका छन् ।

शर्माले लेखेका छन्, ‘आन्दोलनकारीहरुको माग पूरा गर्न सरकारले राजीनामा दिई उनीहरुको प्रतिनिधित्वसहित संयुक्त राजनैतिक संयन्त्र निर्माण गरौं ।’

उनले जेन–जी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै निन्दा गरेका छन् । जेन–जी पुस्ताको आन्दोलनलाई दमनका माध्यमबाट नभई उनीहरूको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै समाधानको बाटो पहिल्याउन उनले सरकारसमक्ष अपिल गरेका छन् । यसमा ढिलाइ गर्नु आत्मघाती कदम हुने चेतावनी उनले दिएका छन् ।

‘आन्दोलनलाई दमन गरेर रोक्न सकिँदैन भन्ने कुरा इतिहासले धेरैपटक पुष्टि गरिसकेको छ । यस विषयमा सरकार र राजनीतिक दलहरू गम्भीर बन्नैपर्छ,’ शर्माले लेखेका छन्, ‘सबैले आफ्ना कमजोरीहरू स्वीकार गरी जनतासँग माफी माग्नुको विकल्प छैन ।’

पूर्वगृहमन्त्री शर्माले आन्दोलनकारीहरूलाई संयमित र शान्तिपूर्ण तरिकाले आन्दोलन सञ्चालन गर्न अपिल गसमेत गरेका छन् ।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न कूटनीतिक पहलमार्फत दर्ता प्रक्रिया अगाडि बढाउन पनि उनले माग गरेका छन् ।

त्यस्तै, भ्रष्टाचारविरुद्ध कडा कदम चाँडै चाल्न र २०४६ सालयताका सम्पूर्ण सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्न पनि उनले माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!