२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

गगन थापाले जेनजी प्रदर्शनमा भएका घटनाको सबै जिम्मा प्रधानमन्त्री केपीशर्मा ओलीले लिनु पर्छ,

Logo
Abc Sanchar प्रकाशित सोमबार, भाद्र २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी प्रदर्शनमा भएका घटनाको सबै जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

थापाले सरकारले असंवेदनशीलता देखाउँदा अनाहकमा धेरै युवाले ज्यान गुमाएको घटनाले स्तब्ध बनाएको बताए।

उनले भ्रष्टाचार छानबिन र कारबाहीका लागि संविधान संशोधन र उच्चस्तरीय आयोग गठन आवश्यक रहेको उल्लेख गरे।

२३ भदौ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको प्रदर्शनमा भएका घटनाको सबै जिम्ममा प्रधानमन्त्री ले लिनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले आज विज्ञप्ति निकाल्दै गृहमन्त्रीले राजीनामा दिएर नपुग्‍ने भन्‍दै प्रधानमन्त्री  केपी शर्मा ओलीले जिम्मा लिनुपर्ने बताएका हुन् ।

उनले सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको घटनाले  स्तब्ध बनाएको बताए ।

उनले भने, ‘ कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन। सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदय विदारक घटनाले स्तब्ध बनाएको छ।’

जेनजीले आन्दोलनमार्फत उठाएका मुद्दा आम सरोकारका विषय भएको भन्‍दै उनले  मुख्य विषय सु-शासन, भ्रष्टाचारको छानबिन र संलग्नलाई कारबाही हुनुपर्ने बताए ।

‘ युवाले आन्दोलनमार्फत उठाएका मुद्दा आम सरोकारका विषय हुन्। मुख्य विषय सु-शासन, भ्रष्टाचारको छानबिन र संलग्नलाई कारबाही हो, ‘ उनले भने, ‘ यसको लागि संविधान संशोधन गर्ने देखि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता कानुनलाई आवश्यक संशोधन गरेर द्रूत गति मा काम गर्नुपर्छ।’

२०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ । साथै सबै भ्रष्टाचारको काण्डको छानबिन गर्न पूर्व प्रधान न्यायधिशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए ।

महामन्त्री थापाले आन्दोलनका कार्यक्रम संवादमार्फत संयमतापूर्वक अगाडि बढाउन र संयम अपनाउन जेनजीलाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

error: Content is protected !!