१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

जेनजीको प्रदर्शनमा सरकारले दमन गरेपछि उग्र बनेको प्रदर्शन सुरक्षाकर्मीको नियन्त्रण बाहिर पुग्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र २४, २०८२

काठमाडौं । सडकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको नियन्त्रण भनदा बाहिर काठमाडौं छ ।

१९ जना विद्यार्थीको मारिएपछि उग्र बनेको आन्दोलनले अहिले शिर्ष नेताका घरहरु, सरकारी निवास, कार्यालयहरुमा तोडफोड र आगजनीमा उत्रिएका छन् ।

मंगलबारको प्रदर्शनम आगजनी र तोडफोडका घटनाहरु व्यापक बनेका छन् । कफ्युका बीच पनि प्रदर्शनकारीहरुले निरन्तर आक्रमण र आगजनी गरिरहेका छन् ।

सडकमा खटिएका सुरक्षाकर्मीको नियन्त्रणभन्दा बाहिर अहिले काठमाडौंको स्थिती पुगेको छ । सुुरक्षा अधिकारीहरुले भने यो किसिमको आन्दोदन हुन्छ भनेर विश्षेण नै भएको बताएका छन् ।

अहिले सुरक्षाकर्मीहरुले आन्दोलनकारी रोक्न सक्ने अवस्था छैन ।

सोमबार नै सुरक्षामा गम्भीर चुक भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी दानबहादुर कार्कीलाई पठाइएको थियो । तर सोमबार १९ जना विद्यार्थी मारिएपछि उग्र बनेको आन्दोलनको सामान गर्न सुरक्षाकर्मी असफल भएका छन् ।

प्रदर्शन उग्र र नेता केन्द्रीत बनेपछि शिर्ष नेताहरुलाई नेपाली सेनाले सुरक्षित ठाउँमा राखेको छ । सैनिक हेलिकप्टरमार्फत काठमाडौंबाट नेताहरुलाई बाहिर लगिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!