१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

नेपाली सेनाले काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरूबाट लुटपाट गर्ने २६ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र २५, २०८२

काठमाडौं । नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ। सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न आग्रह गरेको छ।

नेपाली सेनाका अनुसार काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउ परेका छन्।

हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौंको बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिहरु पक्राउ परेका छन्।

यसैगरी, हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौं तथा भक्तपुरका विभिन्न ईलाकाहरु (राधेराधे स्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका) बाट लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!