२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

नेपाली सेनाले काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरूबाट लुटपाट गर्ने २६ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र २५, २०८२

काठमाडौं । नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ। सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न आग्रह गरेको छ।

नेपाली सेनाका अनुसार काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउ परेका छन्।

हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौंको बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिहरु पक्राउ परेका छन्।

यसैगरी, हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौं तथा भक्तपुरका विभिन्न ईलाकाहरु (राधेराधे स्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका) बाट लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

error: Content is protected !!