१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

वक्तव्य: नेपाली सेनाका प्रधान सेनापतिको सन्देश स्वागत गर्दछौँ। (जेन्जी पुस्ता)

Logo
ABC-Sanchar प्रकाशित बुधबार, भाद्र २५, २०८२

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापतिद्वारा व्यक्त गरिएको सन्देशलाई हामी हार्दिक स्वागत गर्दछौं। जेन्जी पुस्ता वार्ता र संवादमार्फत मुलुकलाई निकास दिन तत्पर छ। हामी स्पष्ट रूपमा घोषणा गर्दछौं— अन्तरिम सरकार गठन गर्दै नयाँ राजनीतिक व्यवस्थाको जग हाल्ने अग्रसर भूमिकामा हामी तयार छौं।

हामी सम्पूर्ण आन्दोलनकारी युवाहरू र देशवासीलाई आह्वान गर्दछौं— आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित रहोस्। तोडफोड, आग्जनी, ढुङ्गामुढा वा कुनै पनि प्रकारका विध्वंसात्मक गतिविधिबाट टाढा रहौँ। हाम्रो संघर्षको ध्येय सकारात्मक रूपान्तरण, दीर्घकालीन शान्ति र स्थायित्व हो।
आन्दोलनका क्रममा प्राण आहुति दिने वीर नेपाली सपुतहरूलाई उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्दछौं। शहीद परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना प्रकट गर्दछौं।

हामी स्पष्ट घोषणा गर्दछौं— यी मागहरूमा कुनै पनि सम्झौता हुने छैनः
•पछिल्ला तीन दशक सत्तामा बसेकाहरूको सम्पत्ति छानबिन र राष्ट्रियकरण।
•भावी सरकार प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्था।
•मुलुकभरि व्याप्त भ्रष्टाचारको पूर्ण अन्त्य।
•नेपालका सार्वजनिक संस्थाहरूमा गहिरो रिफर्म तथा रिस्ट्रक्चर।

वार्ता र सहमतिको आधार पनि यही मागहरूकै चारैतिर केन्द्रित हुनेछ। यी आधारलाई मान्य नगरी कुनै पनि सहमति सम्भव हुने छैन।

अन्तर्राष्ट्रिय समुदाय, कूटनीतिक नियोगहरू र मित्र राष्ट्रहरूलाई पनि हामी स्पष्ट सन्देश दिन चाहन्छौं— यो आन्दोलन केवल सरकार परिवर्तनका लागि होइन, मुलुकको प्रणालीगत रूपान्तरणका लागि हो। नेपाली जनताको स्वतन्त्र इच्छा र बलिदानलाई सम्मान गर्दै अन्तरिम सरकारको प्रक्रियामा सहयोग र समर्थन गर्न हामी अपील गर्दछौं।

हामी दृढ विश्वास गर्दछौं— वार्ता र संवादकै माध्यमबाट यो संक्रमण पार गर्दै नेपाललाई शान्ति, स्थिरता र उन्नतिको नयाँ यात्रातर्फ अघि बढाउन सकिन्छ।

जेन्जी पुस्ता
२०८२/०५/२४
समय :९:१५ बजे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!