१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

बैठकमा जेनजीहरू माझ राजा फर्काउने चर्चा चलेपछि केही छलफलबाट बाहिरिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र २५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ताका लागि जाने समिति बनाउन तथा छलफलका एजेन्डा तय गर्न बैठक बसिरहेका जेनजीहरूमाझ राजा फर्काउने चर्चा पनि चलेपछि केही छलफलबाट बाहिरिएका छन्।

जेनजी अभियन्ता रक्षा बमले केही सैद्धान्तिक विषयमा मतभेद भएपछि आफू बैठक छाडेर बाहिरिएको जानकारी दिएकी छन्।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

‘बैठकमा राजा फर्काउनेसम्मका कुरा उठेपछि केही जेनजीहरूले बैठक छाडेका छन्,’ बैठकमा सहभागी एक जेनजी अभियन्ताले भनिन्।

बैठकमा मुख्यगरी कोको वार्तामा जाने र कसलाई अन्तरिम सरकार प्रमुख बनाउने भन्नेबारे छलफल भइरहेको छ।

केही सदस्य भने अहिलेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउनुपर्ने धारणा राखिरहेका छन् भने केही भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह वा कोही साझा नाममा सहमति बनाउन आग्रह गरिरहेका छन्।

जेनजीका अनुसार वार्ताका लागि समिति बनाएर एजेन्डा स्पष्ट भएपछि उनीहरू राष्ट्रपति पौडेल र सेनाप्रमुख अशोकराज सिग्देलसँग औपचारिक वार्तामा बस्नेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!