१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

वार्तामा बस्नुअघि जेनजीका रक्षा बमको ३ सर्त प्रधानसेनापतिको जवाफ रास्वपा र राप्रपाको पनि सुझाव लिनू,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र २५, २०८२

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले देशमा उलटपुलट ल्याएका जेनजीका आधिकारिक टोली पहिचानको प्रयास जारी राखेका छन्। वार्ता टोली गठन गरेर छलफल अघि बढाउन उनले विभिन्न समूहसँग मंगलबार बेलुकादेखि छलफल गरिरहेका हुन्। मंगलबार बेलुका भद्रकारीस्थित हेडक्वाटरमा भएको छलफल १०–११ बजेसम्म चलेको थियो। सो छलफलमा फरक–फरक समूहबाट १० जना थिए।

छलफलमा सहभागी रक्षा बमका अनुसार प्रधानसेनापतिसँग तीन कुरा प्रष्टसँग भनिएको छ। त्यसमा उनले प्रष्ट जवाफ त दिएका छैनन् तर, केही समय लिन र रास्वपा, राजावादी समूहको कुरा पनि सुन्न भनेका छन्। ‘हामी यही संविधान मान्छौँ, यसको निकास यहीँबाट निकाल्नुपर्छ भनेर भन्यौँ,’ बमले भनिन्, ‘आजलाई प्रारम्भिक छलफल भयो। हामी किन आर्मीसँग मात्र वार्ता गर्छोँ। यो बेलासम्म हामीले संविधान मानेका छौँ। भोलिका दिनमा के हुन्छ ? थाहा छैन। हाम्रो राष्ट्रको अभिभावक राष्ट्रपतिसँग वार्ता गर्छौँ। हाम्रा साथीहरू सरकार पक्षबाट चाहियो। सरकारले स्वामित्व लिनुपर्‍यो, जति मारिए। उनीहरूको जिम्मा त राज्य लिनुप¥यो। आर्मीले सहजीकरण मात्र गरिदेओस्।’

त्यसको जवाफमा प्रधानसेनापति सिग्देलले राजावादी तत्व, रास्वपादेखि सबैसँग संवाद गर्न सुझाव दिएको उनले बताइन। ‘सहजीकरण गर्नुस्, उहाँहरूको विचार र सुझाव पनि लिन संवाद गर्नुहोस्,’ सिग्देलको भनाइ थियो। उनका अनुसार सो छलफलमा उपस्थित भएका १० जना जेनजीले एकै स्वरमा जुनसुकै राजनीतिक पार्टीका मान्छे राखेर वार्ता नगर्ने अडान लिए। त्यही भएर हिजोको र आजको छलफलमा कुनै माग नदिएको उनले दाबी गरिन्। ‘हामीले देशमा शान्ति सुरक्षा कायम होस्, र मृतकप्रतिको सम्मान र घाइतेको उपचार होस् मात्र भन्यौ र निस्कियौ,’ उनले थपिन्।
अब कसरी जाने त ? भनेर प्रधानसेनापतिले सोध्दा समय चाहिन्छ भनेर जवाफ दिएको उनी बताउँछिन्।

‘अहिले नै वार्ता टोलीमा रहने नाम दिन सक्तैनौँ, किनकि, देशका ७७ वटै जिल्लाका जेनजी प्रतिनिधिसँग कुरा गरेर मात्र नाम तय गछौैँ, त्यसका लागि तीन दिनको समय चाहिन्छ,’ उनले भनिन्, ‘यस्तै, रास्वपा, राप्रपा लगायतका कुनै पनि दलका प्रतिनिधि राखेर गरिएको वार्ता स्वीकार्य हुँदैन उनले भनिन् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!