बाँके । बर्दिया जेन-जीको आन्दोलनका क्रममा काठमाडौँ लगायत जिल्लाबाट फरार भएका कैदी प्रवेश नगरुन् भन्दै नेपाल-भारतसँग जोडिएको बर्दियाका सीमा नाका बन्द गरिएको छ। भारतीय सुरक्षा बल एसएसबीले नेपाल-भारत सीमामा कडाइ गरेको छ।
सुरक्षा स्रोतका अनुसार पाकिस्तानी र बंगलादेशी कैदीबन्दी फरार भएकोले भारतमा सुरक्षा कडा पार्दे कडा निगरानी राखिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपाल-भारत सीमाना पूर्णरुपमा बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको बताए । जिल्लामा बिहीबार पनि कर्फ्यू जारी गरिएको छ।