२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

मुख्य सचिव एकनारायण अर्यालले शनिबारसम्म नयाँ प्रधानमन्त्री आउनसक्ने संकेत गरे,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, भाद्र २६, २०८२

काठमाडौं । बुधबार र बिहान दुई दिन नै सचिवहरू र मुख्य सचिव एकनारायण अर्यालबीच भर्च्युअल बैठक भएको छ। बिहीबार अपराह्न भएको भर्च्युअल बैठकमा मुख्य सचिव एकनारायण अर्यालले शुक्रबार वा ढिलोमा शनिबारसम्म नयाँ प्रधानमन्त्री आउनसक्ने संकेत गरेको एक सहभागीले जानकारी दिए।

ती सहभागी सचिवका अनुसार मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरूका लागि ठाउँ सफा गरेर राख्न सचिवहरूलाई निर्देशन दिएका थिए।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

बिहीबार दिउँसो २ बजेदेखि ४ बजेर १५ मिनेटसम्म भएको भर्च्युअल बैठकमा मन्त्रालय र मातहतका कार्यालयहरूमा भएको क्षतिको प्रारम्भिक विवरण सचिवहरूले दिएका थिए।

मुख्यसचिवले मन्त्रालयका कोठाहरू सफा गरेर बस्न योग्य बनाउन र टेण्ट टाँगेर भए पनि तयारी अवस्थामा रहन सचिवहरूलाई सूचित गरेका थिए। सवारी साधनहरुका विषयमा पनि छलफल भएको एक सचिवले बताए।

राष्ट्रिय योजना आयोगका सचिव सुमन अर्यालले योजना आयोगमा मन्त्रीहरूका लागि कोठाहरू उपालब्ध भएको जानकारी बैठकमा गराएका थिए । योजना आयोगमा उपाध्यक्ष र सदस्यहरू नभएका कारण मन्त्रीहरूलाई पदभार त्यही गराउन सकिने उपाय सचिव अर्यालले बैठकमा राखेका थिए।

बैठकमा लोकसेवा आयोगका सचिव किरण शर्मा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण दुवाडी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर, अर्थमन्त्रालयका सचिव घनश्याम उपाध्याय, भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा लगायतले मन्त्रालय र कार्यालयहरूमा भएको क्षतिको विवरण पेस गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

error: Content is protected !!