काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीबीच बिहीबार राति छलफल भइरहेको छ।
उनीहरूबीच नयाँ सरकार गठनबारे छलफल भइरहेको उच्च स्रोतले जानकारी दिएको छ।
ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्
बिहीबार राति वा शुक्रबारसम्म नयाँ सरकरा गठन गर्नुपर्ने दबाबबीच राष्ट्रपतिले सेनाप्रमुख र पूर्वप्रधानन्यायाधीश कार्कीबीच छलफल गरिरहेका हुन्।
पूर्वप्रधान न्यायाधीश कार्कीलाई जेनजीहरूको ठूलो संख्याले अन्तरिम प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छन्।
तर संविधानभित्रैबाट उनलाई अन्तरिम प्रधानमन्त्री बनाउन सम्भव नरहेको वर्तमान अवस्थामा संविधानविद् र विज्ञहरूसमेत परामर्श गरिएको बुझिएको छ।
राष्ट्रपति पौडेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी संविधानकै दायरामा रही समाधान खोज्न प्रयत्नशील रहेको बताएका थिए।