काठमाडौं । माओवादी केन्द्रले संसद विघटनप्रति असहमति जनाएको छ। प्रवक्ता अग्नि सापकोटाका अनुसार शुक्रबार बसेको पदाधिकारीको भर्चुअल निर्णयले विघटनप्रति विरोध जनाएको हो।
सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको वर्तमान परिस्थितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू) को आकस्मिक भर्चुअल बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो । बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको छ ।’
जेनजीको आन्दोलनका कारण कांग्रेस एमालेको दुई तिहाइको सरकार ढलेपछि आन्दोलनकारीको मागअनुसार सुशिला कार्की प्रधानमन्त्री बनेकी छिन्। उनले संसद विघटन सिफारिस गर्दैछिन्।