२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

प्रतिनिधि सभा विघटनको निर्णय तत्काल फिर्ता लिन ८ राजनीति दलको संयुक्त वक्तव्य जारी

Logo
ABC-Sanchar प्रकाशित शनिबार, भाद्र २८, २०८२

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, कांग्रेस माओवादीसहित ८ दलले संसद् विघटनप्रति आपत्ति जनाएका छन्। ८ दलका प्रमुख सचेतकले संयुक्त वक्तव्य जारी गर्दै प्रतिनिधि सभा विघटन गरिएको भनी राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम सुशासनको माग राखेर भएको आन्दोलनको मर्म विपरीत अलोकतान्त्रिक तथा असंवैधानिक ढङ्गले संसद् छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभाको विघटन गरिएको छ।’

लोकतान्त्रिक र कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र कानुन बमोजिम हुनु पर्ने र सबै निकायहरू संविधान र कानुन बमोजिम सञ्चालन हुनु पर्दछ भन्ने कुरामा आफूहरूको मत रहेको उल्लेख छ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधान सभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरीतका कदमलाई कुनै पनि मूल्यमा स्वीकार गर्न नसकिने उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘जन निर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजिर तथा सिद्धान्तहरू एवं नेपालको संवैधानिक परम्परा विपरीत रहेको छ। यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ।’

प्रतिनिधि सभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसद्को बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जन निर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

error: Content is protected !!