२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

बुटवलको भाटभटेनीमा तोडफोडमा संलग्न शिक्षकलाई स्कुलले निष्कासन गर्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र २८, २०८२

काठमाडौँ । भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र अनियमिततामा (चाेरी गरेकाे) संलग्न रहेको आरोपमा बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एक शिक्षकलाई निष्कासन गरेको छ । उक्त विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शनिबार शिक्षक शिवशंकर शुक्लालाई विद्यालयबाट हटाउने निर्णय गरेका हुन् ।

शुक्ला भदौ २४ गते भएको जीनजीको प्रदर्शनका क्रममा बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न देखिएको प्रधानाध्यापक थापाले बताएका छन् । साथै शुक्लाले विद्यालयको आचारसंहिता तथा नियम विपरित कार्य गरेको समेत थापाद्वारा जारी कारबाही पत्रमा जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

error: Content is protected !!