२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

रवि लामिछाने पुनः नख्खु कारागार फर्किए पाँच घण्टापछि कारागार प्रशासनले जेलमा राख्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः ललितपुरको नख्खु कारागार फर्किएका छन् । उनी कारगार पुगेको पाँच घण्टापछि कारागार प्रशासनले जेलमा राखेको हो ।

यसअघि सुरक्षाको कारण देखाउँदै उनलाई कारागारले राख्न नमानेपछि घर फर्काइएका थिए । तर अन्ततः उनलाई कारागारले जेलमै राखेको छ । जेनजी आन्दोलनको क्रममा आफूलाई कारागार प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै कारागारबाट पठाइएको दाबी गरे पनि यो विषय विवादमा परेको छ ।

रविले सार्वजनिक गरेको कारागार पत्रलाई धेरैले शंका गरेका थिए भने कारागार प्रशासनले पनि त्यस्तो पत्र आफूहरुले उनलाई नदिएको स्पष्ट पारेको थियो।

जेनजी आन्दोलनको नाममा उनका समर्थकले कारागारमा दबाव बढाएर रवि निस्किएको आरोप लागेको छ। उनका मुक्तिपछि देशभरका कैदीहरू निस्कने होड चलेको भन्दै सामाजिक रूपमा आलोचना भएको छ।

कारागार प्रवेश गर्नु अघि रविले जारी गरेको भिडिओ सन्देशमा उनले भनेका थिए, “पछिल्लो सरकारले मेरो जीवन चरम राजनीतिक प्रतिशोधमा हराम पारेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब अन्याय नहुने आशा सहित म कारागार जान लागिरहेको छु।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

error: Content is protected !!