१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

काठमाण्डौको कीर्तिपुरमा एक युवामाथि सामूहिक कुटपिट सिसि क्यामरामा कैद,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ३१, २०८२

काठमाण्डौ । आईतबार राति काठमाण्डौको कीर्तिपुरमा चार जनाको समूहले एक युवामाथि सामूहिक कुटपिट गरेको घटना सार्वजनिक भएको छ। घटनाको CCTV फुटेजसमेत सार्वजनिक भएको छ जसमा पीडितलाई निर्मम रूपमा प्रहार गरिएको देखिन्छ।

स्थानीयवासीका अनुसार कुटपिटमा परेका युवक मधेशी समुदायका थिए। हालैको GenZ आन्दोलनपछि राजधानीमा मधेशी विद्यार्थी र युवामाथि रंगभेदी व्यवहार हुँदै आएको आरोपसमेत आएको छ।

समाजका विभिन्न क्षेत्रले यस्तो घटनाप्रति चिन्ता व्यक्त गर्दै विभेदपूर्ण गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन्। उनीहरूले जातीय, भाषिक वा भौगोलिक आधारमा हुने कुनै पनि प्रकारको विभेद अस्वीकार्य रहेको उल्लेख गर्दै दोषीहरूलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

साथै, काठमाडौंमा बसोबास गर्ने सबैलाई आपसी एकता, सहकार्य र सद्भाव कायम राख्न पनि आह्वान गरिएको छ।
भिडियो श्राेत समाजिक सञ्जाल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!