काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १० जनाको आज मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जना गरी १० मृतकको अन्त्येष्टि गरिन लागेको हो ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको अन्त्येष्टि भइसकेको छ। सरकारले मृतकहरूको अन्त्येष्टि राष्ट्रिय सम्मान दिएर गर्ने निर्णय गरिसकेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पनि मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णयसहित राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।