०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

ईप्रका भालुवाङका इन्सपेक्टर पुष्करसिंह ऐरीकाे बहादुरी तथा उदाहरणीय कार्यले सरकारी सम्पत्ति जाेगियाे,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ३१, २०८२

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारका मन्त्रालय र प्रदेशसभा सुरक्षित राख्न सफल हुनुभयाे । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय, सम्पूर्ण मन्त्रालय, प्रदेशसभा संगै सम्पूर्ण सरकारी कार्यालय, पार्टी कार्यालय र नेताहरूकाे निजी सम्पत्ति सुरक्षित बनाउन सबै भन्दा ठुलाे भूमिका ईलाका प्रहरी कार्यालय भालुवाङका इन्सपेक्टर पुष्करसिंह ऐरीकाे छ ।उहाँले आन्दाेलनरत पक्ष संग निकै समन्वय गर्दै हुन सक्ने क्षतिलाई कम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयाे । आन्दाेलनरत पक्षले प्रहरीकाे लठ्ठी खाेस्दा समेत कुनै एक्सन नलिएर निकै संयमता अपनाउनुभयाे । जसकाे फलस्वरूप प्रदेश संरचना जाेगिएकाे हाे । देउखुरी क्षेत्रका पत्रकार सन्ताेषकुमार गुप्ताले इन्सपेक्टर सापलाई समेत सके सम्म एक्सन नलिन सुझाब दिनु भएकाे थियाे । उहाँले लाठी चार्ज समेत गरे परिस्थित समाहल्न गाह्राे हुन सक्ने अवस्था समेतकाे सुझाब दिनु भएकाे थियाे । साेही सुझाब अनुसार इन्सपेक्टर ऐरि सरले निकै संयमता अपनाउनुभयाे । जसकाे फलस्वरूपमा प्रदेश सरकारकाे संरचना मात्र हाेइन सम्पूर्ण सरकारी कार्यालय, पार्टी कार्यालयहरू, नेताका व्यक्तिगत सम्पत्ति जाेगिएकाे हाे । राप्तीका जेनजीहरू र भालुवाङका कुसल प्रहरी प्रमुख पुष्करसिंह ऐरीकाे चाैतर्फी चर्चा बढेकाे छ ।

देशभरका महत्त्वपूर्ण सरकारी संरचना, प्रदेशसभा र भौतिक संरचनाहरू जेनजीको आक्रमणले जलिरहँदा संवेदनशील परिस्थितिमा ईलाका प्रहरी कार्यालय भालुवाङका इन्सपेक्टर पुष्करसिंह ऐरी ज्यूको टोलीले निकै बुद्धिमता र संयमताका साथ रिस, आवेश तथा उतेजनालाई समेत काबुमा राखेर प्रदेशसभा लगायत प्रदेश राजधानीका मन्त्रालयहरूलाई भौतिक क्षति हुनबाट सुरक्षित राख्न सफल हुनु भएको छ।

देशका कतिपय प्रहरीहरू आफ्नाे व्यक्तिगत सुरक्षाको लागि भन्दै हात खडा गरी रहेकाे अवस्थामा प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीले आन्दाेलनरत पक्ष संग निरन्तर समन्वय गर्दै अन्तिम क्षणसम्म जिम्मेवारीमा अडिग रहनुभयो । उहाँको दृढता र साहसका कारण राजधानीका कुनै पनि कार्यालयमा कुनै भौतिक क्षति वा तोडफोड, आगजनी हुन पाएन ।

स्थानीयहरूले समेत अहिले प्रहरी निरीक्षक ऐरी सरको खुलेर प्रशंसा गर्न थालेका छन्, “नेपाल प्रहरी संगठनले समेत प्रहरी निरीक्षक ऐरीकाे कामलाई उच्च मूल्यांकन गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!