दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारका मन्त्रालय र प्रदेशसभा सुरक्षित राख्न सफल हुनुभयाे । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय, सम्पूर्ण मन्त्रालय, प्रदेशसभा संगै सम्पूर्ण सरकारी कार्यालय, पार्टी कार्यालय र नेताहरूकाे निजी सम्पत्ति सुरक्षित बनाउन सबै भन्दा ठुलाे भूमिका ईलाका प्रहरी कार्यालय भालुवाङका इन्सपेक्टर पुष्करसिंह ऐरीकाे छ ।
उहाँले आन्दाेलनरत पक्ष संग निकै समन्वय गर्दै हुन सक्ने क्षतिलाई कम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयाे । आन्दाेलनरत पक्षले प्रहरीकाे लठ्ठी खाेस्दा समेत कुनै एक्सन नलिएर निकै संयमता अपनाउनुभयाे । जसकाे फलस्वरूप प्रदेश संरचना जाेगिएकाे हाे । देउखुरी क्षेत्रका पत्रकार सन्ताेषकुमार गुप्ताले इन्सपेक्टर सापलाई समेत सके सम्म एक्सन नलिन सुझाब दिनु भएकाे थियाे । उहाँले लाठी चार्ज समेत गरे परिस्थित समाहल्न गाह्राे हुन सक्ने अवस्था समेतकाे सुझाब दिनु भएकाे थियाे । साेही सुझाब अनुसार इन्सपेक्टर ऐरि सरले निकै संयमता अपनाउनुभयाे ।
जसकाे फलस्वरूपमा प्रदेश सरकारकाे संरचना मात्र हाेइन सम्पूर्ण सरकारी कार्यालय, पार्टी कार्यालयहरू, नेताका व्यक्तिगत सम्पत्ति जाेगिएकाे हाे । राप्तीका जेनजीहरू र भालुवाङका कुसल प्रहरी प्रमुख पुष्करसिंह ऐरीकाे चाैतर्फी चर्चा बढेकाे छ ।
देशभरका महत्त्वपूर्ण सरकारी संरचना, प्रदेशसभा र भौतिक संरचनाहरू जेनजीको आक्रमणले जलिरहँदा संवेदनशील परिस्थितिमा ईलाका प्रहरी कार्यालय भालुवाङका इन्सपेक्टर पुष्करसिंह ऐरी ज्यूको टोलीले निकै बुद्धिमता र संयमताका साथ रिस, आवेश तथा उतेजनालाई समेत काबुमा राखेर प्रदेशसभा लगायत प्रदेश राजधानीका मन्त्रालयहरूलाई भौतिक क्षति हुनबाट सुरक्षित राख्न सफल हुनु भएको छ।
देशका कतिपय प्रहरीहरू आफ्नाे व्यक्तिगत सुरक्षाको लागि भन्दै हात खडा गरी रहेकाे अवस्थामा प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीले आन्दाेलनरत पक्ष संग निरन्तर समन्वय गर्दै अन्तिम क्षणसम्म जिम्मेवारीमा अडिग रहनुभयो । उहाँको दृढता र साहसका कारण राजधानीका कुनै पनि कार्यालयमा कुनै भौतिक क्षति वा तोडफोड, आगजनी हुन पाएन ।
स्थानीयहरूले समेत अहिले प्रहरी निरीक्षक ऐरी सरको खुलेर प्रशंसा गर्न थालेका छन्, “नेपाल प्रहरी संगठनले समेत प्रहरी निरीक्षक ऐरीकाे कामलाई उच्च मूल्यांकन गरेकाे छ ।