२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

नेपालका प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता तयारी,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, भाद्र ३१, २०८२

काठमाडौं । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आगामी बिहीबार बिहान साढे ११ बजेका लागि फोनवार्ता गर्नेगरी तयारी गरिएको छ ।

मंगलबार नै वार्ता हुने तयारी भएको भएपनि अन्तिम समयमा उनीहरूको वार्ता सरेको हो ।

‘भोलि हाम्रोमा शोकबिदा दिइएको छ । सायद पर्सि बिहान साढे ११ बजे उनीहरूबीच फोनवार्ता हुनेछ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

गत भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनको बलमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाइ दिइसकेका छन् । उनले गत शनिबार मणीपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महिला सशक्तीकरणको उदाहरण भएको समेत बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]