०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

चुरियामाई स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ३१, २०८२

बारा । जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज दिउँसो करिब २ः५० बजे तनहुँस्थित २ नम्बर राजदल गणबाट धनुषातर्फ गइरहेका ४ वटा सेनाका ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको हो।

उपसेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा गइरहेका ट्रकहरूमध्ये एक ट्रक पुलबाट करिब १०–१२ फिट तल खोल्सामा खसेको मकवानपुर प्रहरीले जनाएको  छ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको कमाण्डमा प्रहरी टोली, जिल्ला ट्राफिक कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर, रातोमाटे प्रहरी चौकी र अमलेखगञ्ज (बारा)बाट खटिएका टोलीले नेपाली सेनासँगको सहकार्यमा उद्धार गरेका थिए।

उद्धार गरिएका १६ जना घाइतेलाई हेटौडा अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। गम्भीर घाइतेमध्येका केहीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको बताइएको छ।

प्रहरीका अनुसार घाइते सबैजना सैनिक पोशाक (युनिफर्म)मै रहेका थिए। दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!