०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

बाँके प्रहरीले आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी तोडफोडमा संलग्न २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ३१, २०८२

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त कार्यमा संलग्न रहेको भन्दै दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरीले नेपालगन्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक पातलीले पाठक र टमाटालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बताए ।

पाठकले नेपालगगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय लगायतविभिन्न सरकारी कार्यालय र सवारी साधनमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोप छ । आन्दोलनको आडमा आगजनी, लुटपाट र तोडफोडमा संलग्न अन्य व्यक्तिहरुको पनि पहिचान गरेर पक्राउ गरिने उनले बताए । ‘अहिलेसम्म दुईजना पक्राउ परिसकेका छन्, अन्य ब्यक्तिको पनि पहिचान गरेर पक्राउ गर्नेछौं,’ डिएसपी पातलीले भने ।

आन्दोलनको आडमा नेपालगन्ज र कोहलपुरमा सरकारी तथा व्यक्तिगत संरचनामा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!