०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

नेताहरुले नवलपरासीमा आगजनी र तोडफोडमा संलग्नहरुलाई कारबाही गर्न ७ दिने अल्टिमेटम,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ३१, २०८२

।नवलपरासी । जेनजी आन्दोलनको अवसर छोपेर पश्चिम नवलपरासीका सरकारी कार्यालय र निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न नवलपरासीका नेता तथा जनप्रतिनिधिहरूले सात दिने अल्टिमेटम दिएका छन्।

पूर्वमन्त्री हृदयेश त्रिपाठी, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले संयुक्त पत्रकार सम्मेलनमार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्नलाई पक्राउ गरी कडा सजाय दिन माग गरेका हुन्।

मन्त्री कलवारले आफ्नो निवासमा समूह प्रवेश गरी लुटपाट र आगजनीसम्म गरिएको दाबी गर्दै यसमा अपराधीक समूह संलग्न रहेको आरोप लगाए। उनले प्रशासनले कारबाही नगरे जनप्रतिनिधिहरूकै पहलमा कदम चालिने चेतावनी दिए।

पूर्वमन्त्री त्रिपाठीले यो घटनालाई राजनीतिक आन्दोलन नभई शुद्ध आपराधिक गतिविधि भन्दै दोषीलाई तत्काल पक्राउ गर्नुपर्नेमा जोड दिए। उनले भने, “एक हप्ताभित्र कारबाही नभए जनतालाई हामीले रोक्न सक्दैनौँ, त्यसको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्छ।”

त्यस्तै प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले घटनामा तस्करी र आपराधिक गतिविधिमा संलग्न समूहको संलग्नता रहेको दाबी गर्दै, प्रशासनले कानुनी कदम चाल्न ढिलासुस्ती गरे आफूहरू बाध्य भएर अघि बढ्ने चेतावनी दिए।

जनप्रतिनिधिहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता अपराधिक समूहलाई संरक्षण नगर्न सबै सरोकारवालासमक्ष आह्वान गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!