०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

जेनजीको आन्दोलनमा ६ सय १० जना प्रहरी घाइते ६४ जना अझै अस्पतालमा उपचार गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०१, २०८२

काठमाडौं । भदौ २३ र २४ जेन-जी पुस्ताले गरेको आन्दोलनमा ६ सय १० जना प्रहरी घाइते भएका छन् । नेपाल प्रहरीतर्फ तीन सय ८४ तथा सशस्त्र प्रहरी बलतर्फ दुई सय २६ जना घाइते भएका हुन् ।

नेपाल प्रहरीका घाइतेमध्ये ६४ जना अझै अस्पतालमा उपचाररत छन् । त्यस्तै, सशस्त्र प्रहरीका दुई सय २६ घाइतेमध्ये पाँच जना अस्पतालमा रहेको गृह मन्त्रालय स्रोत बताउँछ ।
२३ गतेको आन्दोलनमा बानेश्वरमा आन्दोलनकारीको ढुंगा लागेर केही प्रहरी घाइते भएका थिए

२४ भदौमा त सिंगो प्रहरी कार्यालयलाई नै आन्दोलनकारीले नियन्त्रणमा लिएर कतिपयलाई कुटपिट गरेका थिए । प्रहरी वृत्त बानेश्वरका प्रहरीलाई त बागमती नदीमा हुलेर कतिपयले ढुंगासमेत हानेका थिए ।

भ्रष्टाचारको विरोधमा भएको सो आन्दोलनमा प्रहरी निसाना बनेको थियो । सो आन्दोलनमा तीन प्रहरीले ज्यान गुमाएका थिए ।

आन्दोलनकारीले काठमाडौं उपत्यकाका अधिकांश प्रहरी कार्यालय जलाएका छन् । सो घटनापछि प्रहरी अझै पूर्ण रूपमा डिउटीमा खटिन सकेको छैन । प्रहरीका पोसाक र हतियारसमेत लुटिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!