२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

नेपाल प्रहरीको ४८ जना एसपीहरूको सरुवा एसपी रामप्रसाद घर्ती मगरको सुर्खेत सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ०२, २०८२

काठमाडौं । आईजीपी चन्द्रकुवेर खापुङले एसपी सरुवाको निर्णय गरेका हुन् । जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा अंगुर जिसीलाई पठाइएको छ । उनी काठमाडौँ जिल्ला अपराध अनुसन्धान कार्यालय, अपराध अनुसन्धान शाखामा थिए । यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख अपिलराज बोहराको पनि सरुवा भएको छ । उनलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल सरुवा गरिएको छ ।

त्यस्तै मोरङमा कवित कटुवाल, सुनसरीमा केवश थेवे, सप्तरीमा गौतम कुमार केसी, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारु, कास्कीमा नविन कार्की र कैलालीमा नरेन्द्र चन्दलाई पठाइएको छ । नरेन्द्र चन्द र गौतम कुमार केसीलाई यसअघि गरिएको काज सरुवालाई प्रधान कार्यालयले निरन्तरता दिएको हो ।

डोटीमा महेन्द्र नेपाललाई पठाइएको छ । पूर्वीनवलपरासीमा युवराज खड्का, पर्सामा सुदिप पाठक र भक्तपुरमा सूर्य बहादुर खड्कालाई पठाइएको छ । सुवासचन्द्र बोहरालाई मकवानपुरमा सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षकको भदौ ३१ को निर्णय अनुसार यो सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!