०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

घोराहीको होटेल मालाइनमा भदौ २४ गते भएको तोडफोड र आगजनीबाट साढे ३ करोडको क्षति,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ०२, २०८२

दाङ । घोराही होटेल सञ्चालन ओविन्द्रबहादुर महराले घटनालाई दुःखद् भन्दै तोडफोड र आगजनी गर्नेको पहिचान गरेर कारबाही गर्न माग गरेका छन् । ‘घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गरिनुपर्छ’ सञ्चालक महराले भने ।

होटेलमा पूर्वसभामुख कृष्णबहादुर महराको समेत लगानी रहेको भन्ने हल्लाका भरमा तोडफोड र आगजनी भएको भन्ने आफूले सुनेको भन्दै उनले भने, ‘होटेलमा पूर्वसभामुख कृष्णबहादुर महराको कुनै लगानी छैन ।’ आफूले बैंकबाट ऋण लिएर गरेको व्यवसाय सञ्चालन गरेको जानकारी पनि उनले दिए ।

‘यस्तो तोडफोड र आगजनीका घटनाले लगानीकर्ताको मनोवल कमजोर बनाउछ, मेरो घरसल्लाहमा अर्को व्यवसाय थप्ने भन्ने योजना थियो, अहिलेलाई मन नै मरेर गएको छ’ उनले भने–‘यस्ता गतिबिधिले नयाँ पुस्तालाई देशमै बसुँ र केही गरुँ भन्ने भावना जाग्न दिदैन भन्ने मेरो चिन्ता हो ।’

अहिले होटेलको सरफाइसँगै मर्मतको काम चलिरहेको र असोज २ गतेबाट होटल सञ्चालनमा ल्याउने गरी काम भइरहेको सञ्चालक महराले बताए । ‘यथासक्य मर्मत सकेर होटल सञ्चालनमा ल्याउने तयारीमा जुटेका छौँ’, उनले भने । होटल पूर्णरूपमा मर्मत नगरी सञ्चालनमा ल्याउँदा ग्राहकलाई समस्या पर्नेसक्ने तर्फ आफू सचेत रहेको र सक्दो राम्रो सेवादिने प्रयत्न रहने उनले बताए । जिल्लाको पहिचानको रूपमा रहेको होटेल मालाइनलाई पुरानै अवस्थामा फर्काउन सबैको साथ र सहयोग आवश्यक पर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

error: Content is protected !!