०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

बिरगंजमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेगरी जारी गरिएको कर्फ्यू आदेश फिर्ता

Logo
श्रवण सराफ प्रकाशित बिहिबार, आश्विन ०२, २०८२

पर्सा । बिरगंज जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यू आदेश हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारीअनुसार मिति २०८२ असोज २ गते बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेगरी जारी गरिएको कर्फ्यू आदेश फिर्ता गरिएको हो।

तर शान्ति–सुव्यवस्था कायम राख्न वीरगञ्ज महानगरपालिकाको केही क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(ख) बमोजिम सो निर्णय गरिएको हो।

दङ्गाग्रस्त घोषणा गरिएको क्षेत्रहरू यसप्रकार छन् : घण्टाघर चौकदेखि गण्डक चौकसम्मको राजमार्ग क्षेत्र कारागार कार्यालय पर्सा र त्यसको कम्पाउण्ड क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त निर्णयलाई अर्को आदेश नभएसम्म निरन्तरता दिइनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

error: Content is protected !!