पर्सा । बिरगंज जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यू आदेश हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारीअनुसार मिति २०८२ असोज २ गते बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेगरी जारी गरिएको कर्फ्यू आदेश फिर्ता गरिएको हो।
तर शान्ति–सुव्यवस्था कायम राख्न वीरगञ्ज महानगरपालिकाको केही क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(ख) बमोजिम सो निर्णय गरिएको हो।
दङ्गाग्रस्त घोषणा गरिएको क्षेत्रहरू यसप्रकार छन् : घण्टाघर चौकदेखि गण्डक चौकसम्मको राजमार्ग क्षेत्र कारागार कार्यालय पर्सा र त्यसको कम्पाउण्ड क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त निर्णयलाई अर्को आदेश नभएसम्म निरन्तरता दिइनेछ।