२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

काठमाडौं उपत्यका चाडपर्वलाई लक्षित नागरिक सहायता कक्षको स्थापना”एआईजी कार्कीद्वारा उद्घाटन

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ०२, २०८२

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका १३ स्थानमा नागरिक सहायता कक्षको स्थापना गरेको छ, काठमाडौँको नयाँबसपार्कमा आयोजित एक कार्यक्रमका बीच आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीज्युको प्रमुख आतिथ्यमा नयाँबसपार्कमै रहेको नागरिक सहायता कक्षको उद्घाटन गरि देशको वर्तमान परिवेशमा प्रहरी सङ्गठनले विभिन्न समस्याका बाबजुत पनि उत्कृष्ट सेवा प्रवाह गर्न अनेक प्रयास गरिरहेको सन्दर्भको पृष्ठपोषण गर्दै आजदेखि सञ्चालनमा ल्याइएका नागरिक सहायता कक्षले सुरक्षित यात्राका लागि विभिन्न सूचनाको सङ्कलन गरि आमयात्रुको यात्रालाई सहज गराउने प्रयास गर्नेमा आफू आश्वस्त रहेको बताउनु भयो ।

सो कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वार र यातायात व्यवस्था विभागका सूचना अधिकारी एवम् निर्देशक गणेशमान सिंह राईले पर्वलाई लक्षितगर्दै ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो, सो कार्यक्रममा आयोजकका तर्फबाट बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सबै नागरिक सहायता कक्षबाट यात्रुले आफूलाई आवश्यक पर्ने सूचना लिनुका साथै कुनै समस्या परेमा नागरिक सहायता कक्षमा जानकारी गराइ ट्राफिक प्रहरीको सहयोग सजिलै लिन सकिने विषय जानकारी गराउँदै सुरक्षित यात्राको कामना समेत गर्नु भयो । उक्त कार्यक्रममा यातायात व्यवसायी, यातायात मजदूर, ट्राफिक प्रहरी, विभिन्न संस्थाका स्वयंसेवक तथा सञ्चारकर्मीहरु उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!