०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

काठमाडौं उपत्यका चाडपर्वलाई लक्षित नागरिक सहायता कक्षको स्थापना”एआईजी कार्कीद्वारा उद्घाटन

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ०२, २०८२

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका १३ स्थानमा नागरिक सहायता कक्षको स्थापना गरेको छ, काठमाडौँको नयाँबसपार्कमा आयोजित एक कार्यक्रमका बीच आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीज्युको प्रमुख आतिथ्यमा नयाँबसपार्कमै रहेको नागरिक सहायता कक्षको उद्घाटन गरि देशको वर्तमान परिवेशमा प्रहरी सङ्गठनले विभिन्न समस्याका बाबजुत पनि उत्कृष्ट सेवा प्रवाह गर्न अनेक प्रयास गरिरहेको सन्दर्भको पृष्ठपोषण गर्दै आजदेखि सञ्चालनमा ल्याइएका नागरिक सहायता कक्षले सुरक्षित यात्राका लागि विभिन्न सूचनाको सङ्कलन गरि आमयात्रुको यात्रालाई सहज गराउने प्रयास गर्नेमा आफू आश्वस्त रहेको बताउनु भयो ।

सो कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वार र यातायात व्यवस्था विभागका सूचना अधिकारी एवम् निर्देशक गणेशमान सिंह राईले पर्वलाई लक्षितगर्दै ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो, सो कार्यक्रममा आयोजकका तर्फबाट बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सबै नागरिक सहायता कक्षबाट यात्रुले आफूलाई आवश्यक पर्ने सूचना लिनुका साथै कुनै समस्या परेमा नागरिक सहायता कक्षमा जानकारी गराइ ट्राफिक प्रहरीको सहयोग सजिलै लिन सकिने विषय जानकारी गराउँदै सुरक्षित यात्राको कामना समेत गर्नु भयो । उक्त कार्यक्रममा यातायात व्यवसायी, यातायात मजदूर, ट्राफिक प्रहरी, विभिन्न संस्थाका स्वयंसेवक तथा सञ्चारकर्मीहरु उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

error: Content is protected !!