२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

कांग्रेसका सभापति देउवाको निजी सचिवालयले भनियो घरमा रहेको अन्डरग्राउन्ड पानी ट्याङ्की हो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ०२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जेन-जी आन्दोलनका क्रममा देउवा निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै एक वक्तव्य सार्वजनिक गरेको छ।

बिहीबार जारी वक्तव्य जारी गर्दै सचिवालयका स्वकीय सचिव भानु देउवाले पार्टी र पार्टी नेतृत्वलाई बद्नाम गर्ने दूषित मनसायले प्रविधिको गलत प्रयोग गरी भ्रामक हल्ला फैलाइएको भन्दै त्यस्ता सूचनाको पछि नलाग्न आम नागरिक तथा पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।

विज्ञप्तिमा जेन-जी आन्दोलनलाई धमिलो बनाउने र आफ्नो कुत्सित मनसाय पूरा गर्ने उद्देश्यले विभिन्न समूहहरूले भदौ २४ गते बिहानैदेखि आतंक सिर्जना गर्दै राजनीतिक दलका कार्यालय र नेताहरूको निजी निवासमा आक्रमण गरेको भन्दै उक्त आपराधिक क्रियाकलापको भर्त्सना गरिएको छ।

सोही क्रममा सभापति देउवाको निवासमा प्रवेश गरी उनी, उनकी धर्मपत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा र छोरामाथि सांघातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ।

‘यस्तो जघन्य आपराधिक घटनापछि पनि पार्टी र पार्टी नेतृत्वलाई बद्नाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा ‘देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका थुप्राहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरुङ रहेको‘ जस्ता समाचार सम्प्रेषण भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सचिवालयले सामाजिक सञ्जालमा देखाइएको बंकर वा सुरुङ भनिएको संरचना वास्तवमा घरभित्र रहेको अन्डरग्राउन्ड पानी ट्याङ्की भएको स्पष्ट पारेको छ।

‘विभिन्न सामाजिक सञ्जालमा घर भित्र रहेको अन्डरग्राउन्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्याङ्की रहेको स्पष्ट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

सचिवालयले जेन-जी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!