२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

नेपालमा रोटी भन्दा भात धेरै खान्छन् विज्ञहरूद्वारा आफ्नो जिज्ञासा् सार्वजनिक,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आश्विन ०३, २०८२

काठमाडौं । धेरै पटक मानिसहरूमाझ भात खानु स्वास्थ्यका लागि राम्रो हो कि रोटी खानु भन्ने बहस हुन्छ। धेरै मानिसले बेलुकाको खानामा भात र रोटी दुवै खान्छन् र तिनीहरूले यसमा सन्तुलन पाउँछन्।

विज्ञहरूले राति रोटी खानुपर्छ कि भात भन्ने धेरै कुरामा निर्भर गर्ने बताए।  यो भात वा रोटीको प्रकारमा पनि निर्भर गर्छ। हाम्रो थालमा भात होस् वा रोटी कार्बोहाइड्रेट दुवैमा पाइन्छ।

सामान्यतया रोटीमा भातको तुलनामा कम कार्बोहाइड्रेट हुन्छ। त्यसैले यो स्वास्थ्यका दृष्टिकोणबाट राम्रो छ।

डाइटिसियन नाजनीन हुसेन भन्छिन्, ʻयदि तपाईंले मोटो पीठो वा उच्च फाइबरबाट बनेको रोटी खानुहुन्छ भने यो ठीक छ। तर यदि तपाईं पूर्ण रूपमा परिष्कृत पीठोबाट बनेको रोटी खाँदै हुनुहुन्छ भने यो भात जस्तै हुन्छ र खाएपछि पनि चिनीको स्तर द्रुत गतिमा बढ्छ।ʼ उनले पालिस गरिएको भात खानु स्वास्थ्यका लागि राम्रो नभएर पालिस नगरिएको चामलको भात खानु राम्रो हुने बताइन्।

फाइबरलाई ध्यानमा राख्दै डाक्टर वा आहारविद्हरूले प्रायः मानिसलाई खैरो चामल वा पालिस नगरिएको चामल खान सल्लाह दिन्छन्। अर्को दाल, दही वा तरकारीसँग भात खानु राम्रो हो। भातको दलिया वा पुलाव खानु पनि शरीरका लागि फाइदाजनक हुन्छ।

दिल्लीको गंगा राम अस्पतालका वरिष्ठ सल्लाहकार डा. एम वली भन्छन्,ʻआज हामीले जुन प्रकारको पीठो खाइरहेका छौँ। त्यो चिनी, रिफाइन्ड पीठो र नुन जस्तै सेतो विष बन्दै गइरहेको छ।ʼ​​​​​​​ भात र रोटीबीचको आधारभूत भिन्नता भात बढी ऊर्जा चाहिएको व्यक्तिका लागि राम्रो हुन्छ। यस्तै तीव्र शारीरिक परिश्रममा संलग्न हुनेका लागि पनि भात राम्रो हुन्छ।

धेरै पटक खान चाहने हो भने रोटी राम्रो विकल्प हो। यसमा बढी फाइबर हुन्छ। यसले पेट लामो समयसम्म भरिएको महसुस गराउँछ।

दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)का आहारविद् माला मनरल भन्छिन्,ʻराम्रो प्रोटिन भएको रोटी खानु राम्रो हुन्छ। मांसाहारीहरूका लागि धेरै विकल्प छन् र शाकाहारीहरूले रोटीसँग तरकारी वा दाल आदि लिन सक्छन्।ʼ

व्यक्तिले भात खाने कि रोटी खाने भन्ने कुरा उसको स्वास्थ्यमा निर्भर गर्दछ। सामान्यतया मधुमेहका बिरामीलाई भात नखान र बढी फाइबर भएको खाना खान सल्लाह दिइन्छ।

फ्रिजमा राखिएको भात फाइबरको मात्राको हिसाबले राम्रो मानिन्छ। नाजनीन भन्छिन्,ʻचामल फ्रिजमा राख्दा यसको प्रतिरोधी स्टार्च फाइबरमा परिणत हुन्छ। यसको अर्थ यो खाँदा अचानक चिनीको मात्रा बढ्दैन।ʼ

बाल्यकालदेखि हामीले जे खाने बानी पारेका हुन्छौँ त्यो पचाउन सजिलो हुन्छ।  त्यही खानाले हामीलाई सन्तुष्टि पनि दिन्छ भन्ने विश्वास गरिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!