२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

जेनजी आन्दोलनको क्रममा लुटपाटमा संलग्न थप एक जना बाँके प्रहरीद्वारा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन ०४, २०८२

बाँके । प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा आगजनी र तोडफोडका क्रममा सोफा चोरेर लगेका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरका २० वर्षीय मोहम्मद आदिल पक्राउ परेका छन् ।

योसँगै बाँकेमा भदौ २४ गते आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न तीन जना व्यक्ति पक्राउ परिसकेका छन् । आगजनीमा संलग्न भएको आरोपमा यसअघि जयसपुरका शालिकराम पाठक र दिपक टमाटालाई पनि प्रहरीले पक्राउ गरेको थियो । अन्य शङ्कास्पद व्यक्तिहरूको पहिचान गर्ने र खाजी गर्ने कार्य चलिरहेको प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेले पनि आन्दोलनका क्रममा सार्वजनिक तथा व्यक्तिगत संरचनामाथि आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीलाई लिखितरूपमा निर्देशन दिइसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विध्वंस मच्चाउने कसैलाई नछोडिने चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!