०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

बाँकेमा चोरहरुको बिगबिगी र आतंक, नागरिकहरु त्रसित प्रहरीको निगरानी जारी,

Logo
ज्ञानु ठाकुर प्रकाशित शनिबार, आश्विन ०४, २०८२

बाँके । जिल्लाका विभिन्न क्षेत्रमा पछिल्लो समय चोरहरुले आतंक मच्चाएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। रातको समयमा घर तथा पसल तोडफोड गर्ने, मूल्यवान सामान चोरी गर्ने घटना दिनानुदिन बढिरहेको स्थानीयले बताएका छन्।

स्थानीयवासीका अनुसार, चोरहरुको डरका कारण राति ढुक्कसँग सुत्नसमेत मुस्किल भएको छ। कतिपय बस्तीमा महिलाहरू, वृद्धवृद्धा र बालबालिकाले अझ बढी असुरक्षित महसुस गरिरहेको पाइन्छ।

चोरीका घटनाले व्यापारी तथा दैनिक कामकाजी वर्गलाई पनि ठूलो समस्यामा पारेको छ। पसलमा ताल्चा लगाएर निस्कनुपर्ने अवस्थामा चोरले ताल्चा तोड्ने गरेको गुनासो व्यापारीहरुले गरेका छन्।

यसैबीच,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीले सुरक्षालाई कडाइका साथ अगाडि बढाइने जनाएको छ। बाँके प्रहरीका अनुसार,गस्ती बढाइएको छ र चोरहरुलाई पक्राउ गर्ने प्रयास भइरहेको छ।

स्थानीयवासीले तत्काल कडा कारबाही र दीर्घकालीन सुरक्षाको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

error: Content is protected !!