२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मुख्यमन्त्री आचार्यद्वारा आन्दाेलनका क्रममा ताेडफाेड आगजनी र लुटपाट गरिएका कार्यालयकाे निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन ०७, २०८२

बाँके । भदाै २४ गते जीएनजी बाँकेका दुई दर्जन कार्यालयमा ताेडफाेड, आगजनी र लुटपाट भएका थिए । ती कार्यालयकाे निरीक्षण गर्न मुख्यमन्त्री आचार्य बिहान बाँके आएका हुन् । उनले काेहलपुर नगरपालिकाकाे भवन निरीक्षणपछि सञ्चारकर्मीसँग बाेल्दै जनताकाे सेवा गर्ने कार्यालय ताेडफाेड गर्नु, जलाउने र लुटपाट गर्नु निन्दनीय कार्य भएकाे बताए ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा दुई अर्ब बढीकाे भाैतिक क्षति भएकाे जानकारी दिँदै धेरै कार्यालयबाट सेवा दिन कठिनाइ भइरहेकाे बताए ।

उनले टेन्ट टाँगेर भए पनि जनतालाई सेवा दिन थालिएकाे बताए । मुख्यमन्त्री आचार्यले स्राेत जुटाएर क्षति भएका कार्यालयकाे पुनर्निर्माण गर्ने बताए । उनले आन्दाेलनकाे नाममा कागजात र लगत जलाएर जनतालाई दुःख दिने काम भएकाे बताए ।

मुख्यमन्त्री आचार्यकाे अपरान्ह ४ बजेसम्म बाँकेमा रहने तालिका रहेकाे छ । उनले क्षति पुगेका सबै सरकारी कार्यालय, पार्टी कार्यालयकाे निरीक्षण गर्ने बताइएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]