बाँके । ईलाका प्रहरी कार्यालय जमुनाहा बाँके प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीको नेतृत्वमा सुरक्षा व्यवस्थापनको उदाहरणीय काम चौतर्फी प्रशंसा गरिएको छ। जेनजी आन्दोलनका क्रममा सीमाक्षेत्रकै धेरै सरकारी कार्यालयहरु तोडफोड र आगजनीजस्ता घटनाहरु भएका थिए, तर बुढाथोकीको सशक्त नेतृत्वमा आफ्नो कार्यालय सुरक्षित राख्न सफल भएका छन्।
कार्यालयको भौतिक सुरक्षा मात्र सुनिश्चित गर्नुमा सीमित नभई, पर्व र चाडपर्वको बेला स्वदेश फर्किने नेपाली नागरिकको सहज आवागमनमा पनि महत्वपूर्ण भूमिका खेलेका छन्। भारतीय सुरक्षाकर्मीहरूसँग निरन्तर समन्वय गर्दै प्रहरी निरीक्षक बुढाथोकीले सीमा नाकाबाट फर्कने नेपालीलाई सहज र सुरक्षित तरिकाले नेपाल प्रवेश गराउन सक्ने व्यवस्था मिलाएका छन् ।
स्थानीयसँगको सहकार्य पनि प्रहरी निरीक्षक बुढाथोकीको सुरक्षात्मक रणनीतिको प्रमुख आधार बनेको छ। स्थानीय बासिन्दाहरुका अनुसार, बुढाथोकीले कमाण्ड सम्हालेपछि नाका क्षेत्रको शान्ति सुरक्षामा उल्लेखनीय सकारात्मक प्रभाव परेको छ। उनी आफ्नो जिम्मेवारीलाई मात्र होइन, समुदाय र सुरक्षा संयोजनबीचको पुलको भूमिका पनि निभाइरहेका छन् ।

प्रहरी निरीक्षक बुढाथोकीको सक्रियता र स्थानीयसँगको समन्वयले केवल प्रहरी संगठनको छवि बलियो मात्र बनाएको छैन, नागरिकहरुलाई पनि विश्वासिलो सुरक्षा अनुभव गराएको छ। प्रहरी निरीक्षक बुढाथोकीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै,अगाडि बढाउने बताए ।