२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

बाँकेमा एक भारतीय चोरबाट बरामद गरिएका २ हजार बढी गोलीका खोकाको बारेमा प्रहरीले अनुसन्धान गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०८, २०८२

बाँके । नेपालगन्जमा गत आइतबार बिहान स्थानीयले नियन्त्रणमा लिएका एक भारतीय चोरबाट बरामद गरिएका दुई हजार बढी गोलीका खोकाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले गोलीका खोकाको बारेमा विस्तृत अनुसन्धान भइरहेकोले अहिले नै सबै कुरा खोल्न नमिल्ने बताउनुभयो। औद्योगिक क्षेत्रबाट चोरिएको खुलासा गरे पनि कुन औद्योगिक क्षेत्र भन्ने खुलेको छैन।

यो विषयमा प्रहरीले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको पातलीले बताउनुभयो।

शुक्रबार राति नेपालगन्ज ३ एकलैनीमा चोरी गर्ने धम्कीसहितको पर्चा टाँसेर शनिबार राति चोरी गर्न आएका चोरमध्ये एकजनालाई स्थानीयले नियन्त्रणमा लिएका थिए।

नियन्त्रणमा लिएर खानतलासी गर्दा बोरामा दुई हजार ९७ वटा गोलीका खोका र केही औजार भेटिएको वडा नम्बर ३ का वडाअध्यक्ष अय्युब सिद्दिकीले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!