१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

बाँकेमा एक भारतीय चोरबाट बरामद गरिएका २ हजार बढी गोलीका खोकाको बारेमा प्रहरीले अनुसन्धान गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०८, २०८२

बाँके । नेपालगन्जमा गत आइतबार बिहान स्थानीयले नियन्त्रणमा लिएका एक भारतीय चोरबाट बरामद गरिएका दुई हजार बढी गोलीका खोकाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले गोलीका खोकाको बारेमा विस्तृत अनुसन्धान भइरहेकोले अहिले नै सबै कुरा खोल्न नमिल्ने बताउनुभयो। औद्योगिक क्षेत्रबाट चोरिएको खुलासा गरे पनि कुन औद्योगिक क्षेत्र भन्ने खुलेको छैन।

यो विषयमा प्रहरीले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको पातलीले बताउनुभयो।

शुक्रबार राति नेपालगन्ज ३ एकलैनीमा चोरी गर्ने धम्कीसहितको पर्चा टाँसेर शनिबार राति चोरी गर्न आएका चोरमध्ये एकजनालाई स्थानीयले नियन्त्रणमा लिएका थिए।

नियन्त्रणमा लिएर खानतलासी गर्दा बोरामा दुई हजार ९७ वटा गोलीका खोका र केही औजार भेटिएको वडा नम्बर ३ का वडाअध्यक्ष अय्युब सिद्दिकीले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!