२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ओखलढुंगाका नयाँ प्रमुख जिल्ला अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण भ्रमण

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन १०, २०८२

 

ओखलढुंगा । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीज्यूले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवम् प्रभावकारी बनाउन र नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

निर्देशनको क्रममा नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन, प्रभावकारी सामुदायिक साझेदारी कार्यक्रम मार्फत अपराध नियन्त्रण र न्युनीकरणमा जोड दिन,विपदजन्य घटना न्युनीकरण गर्न तदारुकताका साथ खटिन,ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन,फिल्डमा खटिएका प्रहरीले विश्वसनीय सूचना सङ्कलन गरी सोही अनुसार रिपोर्टिङ्ग गरी जनमुखी र नागरिकको भावना अनुसारको कार्य सम्पादन गर्न समेत निर्देशन दिनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]