१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन ११, २०८२

म्यादी । बेनी नगरपालिका ८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी २२ वर्षीय सदान्द पोखरेल टिकटक बनाउने क्रममा कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

कालीपुल बसपार्कको गण्डकी होटल एण्ड रेष्टुरेष्टको पछाडि कालीगण्डकीको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएका पोखरेलको खोजी जारी रहेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको ठूलोखोला जलविद्युत् आयोजनामा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाको टोलीसहित सुरक्षाकर्मी परिचालन गरी बेपत्ता पोखरेलको खोजी भइरहेको पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

काठमाडौँ र भक्तपुरको सीमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौंदेखि कब्जा गरिएको सार्वजनिक जमिन खाली गराउने काम सकिएको छ। काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रहरूमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि सो क्षेत्रको अवस्था अहिले सुनसान र विरानो बनेको छ। नेपाल प्रहरीकाअनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ। सरकारी जग्गा संरक्षण […]

error: Content is protected !!